नेपालगंज : बाँकेमा कोरोना संक्रमिटको संख्या १ हजार ५ सय ४६ पुगेको छ भने आज बाँकेमा मृयु भएका एक जना संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । नेपालगन्ज उपमहानगरपालिका–१ का ४५ बर्षिय पुरुषको विहीवार बेलुकी मृत्यु भएपछि मृत्यु हुनेको संख्या ९ पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार, स्वास प्रस्वासमा समस्या देखिएपछि उनलाई २९ भदौँमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो ।
कोरोना आशंकामा स्वाब संकलन गरिएकामा ३१ भदौँमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको उनले बताए ।मेडिकल कलेजमा उपचार सम्भव नभएपछि उनलाई बुधबार भेरी अस्पतालको कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनको दुबै फोक्सोमा निमोनिया भएको जनस्वास्थ कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
बाँकेमा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ४६ रहेको छ । जस मध्ये एक हजार एक सय ३२ जना डिस्चार्ज भइसकेका छन् । भने, चार सय ६ जना आइसोलेसनमा छन् ।











