बाँकेमा आज ६० जना डिस्चार्ज हुँदै, सक्रिय संक्रमित ३४५ मात्रै

नेपालगंज : बाँकेमा कोरोना भाइरसको सङ्ख्या बढ्दै गइरहेको बेलामा कोरोनालाई ( कोभिड १९) लाई जित्नेको सँख्या पनि  दिनप्रतिदिन  बढ्दै गएको छ ।

आज शुक्रबार मात्रै  ६० जना कोरोनालाई जितेर घर फर्कदै छन् ।  यो संगै बाँकेमा १ हजार १ सय ९२  जनाले कोरोना भाइरसलाई पराष्त गरेका छन् ।

शुक्रबार बाँकेका ६० जना कोरोना संक्रमितलाई डिस्चार्ज गर्न लागिएको  स्वास्थ्य कार्यालय बाँकेका कोभिड १९ फोकल पर्सन नरेश श्रेष्ठले बताए । हालसम्म बाँकेमा १ हजार  ५ सय ४६  जना कोरोना संक्रमित भएका छन् ।

बाँकेका विभिन्न आईसोलेशनमा राखिएको १४ दिनपछि डब्लुएचओ स्वास्थ्यको  मापदण्डअनुसार  उनीहरूलाई  डिस्चार्ज गर्न लागिएको श्रेष्ठले जनाउनु भएको छ ।

अब विभिन्न आइसोलेसनमा  ३ सय ४५ जना उपचारार्थ रहेका छन् भने हालसम्म कोरोनाका कारण बाँके जिल्लामा ९ जनाको मृत्यु भइसकेको छ । हिजो मात्रै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर एकका एक जना पुरुषको मृत्यु भएको थियो ।

हेर्नुहोस् लिष्ट

प्रतिक्रिया