नेशनल लाइफको एजेन्सी कार्यालय उद्घाटन

नेपालगन्ज : नेपालगन्ज वडा नम्बर १८ भुजई गाउँमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता तथा बिमितलाई सहज गराउन एजेन्सी कार्यालय स्थापना गरेको छ ।

कम्पनीको एजेन्सी म्यानेजर बिष्णु कुमारी केसीको सभापतित्वमा सम्पन्न एक कार्यक्रममा उक्त कार्यालयको आज उद्घाटन भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष दिपक कुमार बर्माको प्रमुख अतिथिमा अध्यक्ष बर्माले कार्यालयको उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै नेशनललाइफ इन्स्योरेन्स कोहलपुर शाखा प्रमुख रण बहादुर ओलिले यो एजेन्सी कार्यालयले बिमित र अभिकर्तालाई सहज प्रदान गर्ने छ भन्ने बिश्वास लिएको बताउनु भयो । बिमाको इतिहासलाई हेर्ने हो भने ६ सय बर्षको छ भने नेपालको सन्दर्भमा कुरा गर्ने हो भने हामी धेरै पछाडी रहेको र हामिले के कसरी कार्य गर्ने र के कसरी सेवासुबिधा प्रदान गर्ने भन्ने कुरामा हामी लागि परेका छौ । ओलिले बताए ।

त्यस्तै कार्यक्रमका अतिथि तथा कम्पनीको बिमित समेत रहेका तेज नारायण कंडेलले कार्यक्रममा बोल्दै हामी सबैले जीवन बिमा गर्नु पर्ने धारणा राखेका छन् ।

उनले अगाडी भने – बिमा गराउदा भोलिका दिनमा भैपरी आउने समस्यालाई बिमाले हेर्ने हुँदा बिमा हरेक मन्निसले गर्नु पर्छ । हामिले हाम्रो गाडी घर जस्ता सम्पतिको बिमा गर्छौ भने हामिले हाम्रो जिबनको बिमा किन नगर्ने ? हामिले बिमा गर्न सके हाम्रो परिवारलाई भोलि आउने भब्यतब्यमा बिमाले हेर्ने गर्छ ।

कार्यालय उद्घाटन कार्यक्रममा विशेष अतिथि कम्पनीका नेपालगन्ज शाखा प्रमुख दिप नारायण खनाल , कोहलपुर शाखा प्रमुख रण बहादुर ओलि समेतको उपस्थिति रहेको थियो भने कार्यक्रमको स्वागत मन्तव्य कम्पनीका चिफ बिजनेस म्यानेजर मान बहदुर खत्रीले गर्नु भएको थियो ।

 

प्रतिक्रिया

रिपोर्टिङ गर्दागर्दै कोरोना संक्रमित बन्न पुगेका पत्रकार यस्तो भन्छन