नेपालगन्जमा अव्यस्थित केवलका तार

बसन्त क्षेत्रि, नेपालगन्ज : बाँकेको नेपालगन्जमा विजुली र इन्टरनेट तथा टिभि केबलका तार अव्यस्थित बनेका छन । अव्यस्थित केवलका तारले शहरको सुन्दरतालाई विलायन बनाएको छ ।

जता गएपनि बाक्लो तार देखिने गरेको छ । केवलका प्रावधिकले अनावश्यक तारहरु पोलमै राखिदिने गरेकाले पनि थप समस्या आएको नेपालगन्ज घरबारी टोलका नविन कंडेलले बताए । जेलिएका तारहरुलाई केवल कम्पनि तथा नेटवर्क प्रालिहरुले व्यवस्थित गर्ने कुनै काम नगर्दा झनै समस्या बनिदिएको छ ।

एक स्थानको लाई काटिसकेपछि पनि उक्त तारहरु पोलमै राखिदिने गर्दा तारहरु धेरै भएर जेलिने समस्या भएका हुन । अव्यवस्थित तारहरुका कारण सवारी साधनहरुमा बेला बेलामा ठोकिएर टुट्ने र दुर्घटना भई अंग भंग भएका घटना पनि घटिरहेका छन ।

सम्वन्धित निकायले शहरको तारहरुलाई व्यवस्थित गर्न कुनै पहल नगरे नेपालगन्ज कुरुप जस्तै देखिने निश्चत रहेको धम्बोझीका आशिस थापाले बताए ।

 

प्रतिक्रिया

रिपोर्टिङ गर्दागर्दै कोरोना संक्रमित बन्न पुगेका पत्रकार यस्तो भन्छन