बुटवल : कृषि तथा पशु विज्ञान तहमा डिप्लोमा लेवलको एक मात्रै सरकारी विद्यालय जनता माध्यमिक विद्यालय सियारी गाउँपालिका वडा नम्बर–७ अमुवा बजारमाा नयाँ शैक्षिक सत्र २०७७/७८ को लागि डिप्लोमा र प्रि– डिप्लोमा लेवलमा नयाँ भर्ना खुलेको छ ।
वि.स. २०६१ सालबाट प्राविधिक शिक्षाको सुरुवात गरेको विद्यालयले खासगरी दक्ष जनशक्ति उत्पादन र स्वरोजगारमा विशेष जोड दिदै आएको छ ।
प्रदेश ५ कै उत्कृष्ठ प्राविधिक विद्यालयको रुपमा रहेको उक्त विद्यालयले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटीईभीटी)बाट सम्बन्धन प्राप्त गरी डिप्लोमा लेवलमा र प्रि–डिप्लोमा लेवलमा बाली तथा तथा पशु विज्ञान अध्यापन गराईरहेको छ ।
विद्यालयका अनुसार डिप्लोमा लेवलको ३ बर्षे वाली तथा पशु विज्ञान र १८ महिनाको प्रि–डिप्लोमा लेवलको (टेक्स कार्यक्रम)मा नयाँ भर्नाको खुलाएको हो ।










