सुनको भाउ बढ्यो, कतिमा भयो त कारोबार ?

बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलाको चार सय रुपैयाँले बढेको छ ।  नेपाली बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

चाँदीको मूल्य भने प्रतितोला १३ सय ३० रुपैयाँ पुगेको छ । छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुन तोलामा ४ सय रुपैयाँले वृद्धि भई ९६ हजार पाँच सय रुपैयाँमा कारोवार भएको छ ।  

 

प्रतिक्रिया

रिपोर्टिङ गर्दागर्दै कोरोना संक्रमित बन्न पुगेका पत्रकार यस्तो भन्छन