नेपालगंज : देशमा मात्रै होइन बाँकेकै कुरा गर्ने हो भने पनि कोरोना संक्रमण बिगत महिना भन्दा धेरै बढेको छ । कुनै समय जनस्वास्थ्य कार्यालयले बाँकेका केहि स्थानीय तह कोरोना मुक्त भने पनि यथार्त त्यो रहेन । कोरोना संक्रमण बाँकेमा समुदाय स्तरमा फैलिसक्दा दैनिक दर्जनौ पोजेटिभ केस देखा परे, सुरुतामा त्यसैका आधारमा कन्ट्याक्ट ट्रेसिंग र सक्दो धेरै कोरोना परिक्षण हुन थाले संगै जिल्ला र देशमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो ।
बिश्वजगतामा ब्यापक संख्यामा कोरोना परिक्षण र कन्ट्याक्ट ट्रेसिंगलाई समेत ब्यापक पारेर कोरोना संक्रमणको चेनलाई रोक्ने योजना अनुसार काम गरे पनि अहिले बाँकेमा भने त्यस्तो नगरिएको पाइएको छ ।
कन्ट्याक्ट ट्रेसिंग र ब्यापक रुपमा पिसिआर परिक्षण केहि दिन यता रोकिएकोमा परिवर्तित सरकारी मापदण्ड र भेरी अस्पतालमा परिक्षणका लागि चाहिने किटको अभाव रहेको जानकारहरु बताउछन ।
त्यसैको सेरोफेरोमा बाँकेका केहि स्थानीय अनलाइनले भेरी अस्पातालमा पिसिआर परिक्षणका लागि चाहिने किट सुर्खेतबाट सापट लिएर काम चालेको आसयको समाचार समेत प्रकाशित भएका छन् ।
सरकारले परिवर्तन गरेको नयाँ मापदण्ड अनुसार बिना लक्षणका व्यक्तिहरुको पिसिआर परिक्षण नगर्ने र कन्ट्याक्ट ट्रेसिंग समेत नगर्ने मापदण्ड बनाए संगै बाँकेमा सहज तरिकाले पिसिआर परिक्षण गर्न सम्भब नभएको हो ।
भेरी अस्पतालले कन्ट्याक्ट ट्रेसिंग र उपचारका लागि तथा लक्षण देखिएका बिरामी बाहेकका लागि शुल्क लिएर पिसिआर चेकजाँच गर्ने भनीए पनि सुक्रबार शुल्क लिएर पिसिआर चेकजाँचको लागि पुगेका व्यक्तिहरुलाई हाकिमको तोक लगएर ल्याउनु पर्ने वा ओपीडी कार्डमा पिसिआर चेकजांचको लागि लेखाएर ल्याउनु पर्ने भन्दै फर्काएका थिए ।
व्यक्तिगत आसंका तथा लामो यात्रा गरि आएका र यात्राका लागि जान खोज्ने हरुको हकमा पिसिआर अनिवार्य हुदा शुल्क तिरेर पिसिआर परिक्षण गर्न पुग्दा शुल्क काउन्टरबाट नै फिर्दा हुदा अब के गर्ने अलमलमा परेको नाम नबताउने सर्तमा एक व्यक्तिले बताए ।
प्राइभेट ल्याबमा गरिएको परिक्षण बिमाले नमान्ने र बिस्वसनियता कम हुन्छ त्यसैले सरकारी मै गरौ भन्दा यस्तो छ अवस्था , उनले भने ।
अर्का कोरोना परिक्षण गर्न पुगेका व्यक्तिले भनसुन गरेरै भए पनि शुल्क बुझाए तर स्वाब दिनको लागि कुरेको २ घण्टा कुर्दा बल्ल स्वाब दिएको बताएका छन् । पैसा दिएर परिक्षण गर्छु भन्दा पनि कोरोना जाँच्न आजभोली सजिलो रैनछ , उनले बताए ।











