डाक्टर थापा र कोरोना फोकल पर्सन श्रेष्ठ प्रवल जनसेवा श्री पदकबाट सम्मानित

नेपालगन्ज : संबिधान दिवसका अवसरमा सरकारले बाँकेका दुईजना स्वास्थ्यकर्मीलाई प्रवल जनसेवा श्री पदक दिएको छ ।

भेरी अस्पताल नेपालगन्जका मेसु डा प्रकाश थापा र स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत कोरोना फोकल पर्सन नरेश श्रेष्ठलाई प्रवल जनसेवा श्री पदकबाट विभूषित गरिएकोे हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुनेहरुको नाम घोषणा गर्दा बाँकेका डा.थापा र स्वास्थ्यका श्रेष्ठ पनि पर्नुभएको छ ।

बाँकेमा कोरोना महामारी रोकथाम, नियन्त्रण र निदानमा डा.थापा र जनस्वास्थ्य अधिकृत श्रेष्ठले प्रभावकारी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

उहाँहरुकै कमाण्डमा अहिले जिल्लामा भाइरस नियन्त्रणका लागि कामहरु भइरहेका छन् । उहाँहरु अहरोत्रा खटिएर काम गर्दै आउनुभएको छ ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेसु डा.सर्वेश शर्मा, प्रतिष्ठानका लेक्चरर (प्याथोलोजी) डा. गोपाल लामा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपप्राध्यापक डा.मंगल रावल र धिरज गुरुङ, सेती प्रादेशीक अस्पताल धनगढीका कन्सल्टेन्ट मेडिकल जनरलिष्ट डा.जगदीश जोशी, कर्णाली प्रदेशका बरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधी वाग्ले, जिल्ला अस्पताल बाजुराका मेडिकल अधिकृत डा.रुपचन्द्र विश्वकर्मा, स्वास्थ्य कार्यालय धनगढीका जनस्वास्थ्य अधिकृत लालबहादुर धामी र स्वास्थ्य कार्यालय दैलेखका खोप सुपरभाइजर खिलप्रसाद रेग्मीपनि उक्त पदकबाट विभूषित हुनुभएको छ ।

प्रतिक्रिया