खजुरा क्यान्सर अस्पतालको कोभिड १९ अस्पताल बन्द

नेपालगन्ज : खजुरामा रहेको सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोभिड १९ अस्पताललाई आज देखि बन्द गरिएको छ ।

सुशिल कोईराला प्रखर क्यान्सरमा रहेको कोभिड १९ अस्पताल नेपालगन्जको भेरी अस्पतालमा संचालन गर्ने गरी आजबाट बन्द गरिएको हो ।

२०७७ बैशाख १९ देखि संचालनमा आएको कोभिड अस्पतालले आज सम्म १४१ दिनको अबधिमा १९७ कोरोना पोजिटिभ र १६ जना (कुरुवा) लाई सेवा दिन सफल रहेको क्यान्सर अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसिले जानकारी दिनुभएको छ ।

अध्यक्ष भक्तबहादुर केसि

साथै अध्यक्ष केसिले यस अबधिमा कोरोना अस्पतालको ब्यबस्थापनको जिम्मा लिएको भेरी अस्पतालको टीम, खजुरा गाउँपालिकाको टीम, संक्रमितको उपचारमा खटिएका स्वास्थ्य कर्मीहरु, सुरक्षाकर्मी, सरसफाईकर्मीहरु र यस अस्पतालका सम्पूर्ण परिवार आभार ब्यक्त गर्दै सम्पूर्णको सुस्वास्थ्य एवम दीर्घायूको कामना समेत गरेका छन् ।

प्रतिक्रिया