नेपालगंज : बाँकेमा कोरोना संक्रमण दिनदिनै बढेको छ , हरेक दिन जसो बाँकेमा कोरोना संक्रमित थपिदै गएका छन् । तर बाँकेमा कोरोना जितेर घर फर्कनेहरूको संख्या समेत ठुलो रहेको छ।
जिल्लामा १५ सय ७० कोरोना पोजेटिभ केस देखिदा १२ सय १२ जना कोरोना निको भएर घर फर्किसकेका छन् भने ९ जनाको मृत्यु समेत भएको छ।
त्यस्तै हाल बाँकेमा आइसोलेसनामा बस्नेहरुको संख्या ३ सय ५८ जना रहेका छन्, जसमध्य १ सय २६ महिला र २ सय २३ जना पुरुष रहेका छन् । आजमात्रै बाँकेमा २३ जना कोरोना संक्रमित थपिएका छन् ।












