नेपालगंज : बाँकेको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालले कोभिड – १९ को महामारीमा विभिन्न सेवा सुविधा सहित अनवरत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । विषम परिस्थिमा सबैखाले उपचार प्रदान गरेको मेडिकल कलेजले कोरोना संक्रमितको जटिल किसिमको सल्यक्रिया गर्दै प्रदेश पांच , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एकमात्र कोभिड रिफरेबल हस्पिटलको रुपमा आफुलाई उभ्याएको छ ।
यसै क्रममा बांके नेपालगंज वडा नं. – १, घम्बोजी बस्ने वर्ष ६५ की अमृता थापा, नेपालगंज – १८ कारकांदो बस्ने ४८ वर्षिय दुर्गा बहादुर कार्की र कैलाली धनगढी घर भएका ४८ वर्षिय तिर्थ राज भट् विभिन्न रोगबाट पिडित भइ रहेकै अवस्थामा कोभिड–१९ प्रुष्टी भई निमुनियाको समस्याले शिक्षण अस्तपाल कोहलपुरमा भर्ना भएका उनीहरुको मेडिकल कलेजले सफल उपचार गरेको मेडिकल कलेजका सहायक निर्देशक नितेश कुमार कनोडियाले बताए ।
उहांहरु सबै जनालाई कोभिड–१९ आइसोलेसन आइसीयुमा भर्ना गरी कोरोनाको उपचारमा लाभादायिका रहेको रेमडिसिभर नेपालगंजमा उपलब्ध नभएता पनी नीजहरुका उपचारमा संलग्न चिकित्सकहरु तथा अस्पताल व्यवस्थापनले बाहिरबाट मगाई आइ.सि.यु. मा राखी २४ सै घण्टा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु खटिई सेवा दिई उहांहरुको जीउ ज्यान बचाउन सफल भएको र हाल उहांहरु सन्चो भई डिस्चार्ज भई सक्नु भएको छ । सहायक निर्देशक कनोडियाले बताए ।
यसरी शिक्षण अस्पताले विशेष प्रकारको सेवा दिई रहेको र आफ्नो जिउ ज्यानको प्रवाह नगरी कोभिड–१९ का बिरामीहरुलाई सेवा दिई रहनु भएका कन्सल्टेण्ट फिजिसियन डा. अनिल श्रेष्ठ, डा. श्याम वि.क. र डा. प्रवेश पन्तको नेत्तृत्वमा उपचार खटिनु भएका चिकित्सकहरु तथा स्वास्थ्यकर्मीहरु प्रति नेपालगंज मेडिकल कलेज हार्दिक आभार प्रकट गरेको छ भने नेपालगंज मेडिकल कलेजमा स्वास्थ्य सेवा लिई रहेका वा सेवा लिन आउने सेवाग्राहीहरुमा अझै प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिवद्धता समेत जाहेर गरेको छ ।










