नेपालगन्ज :आज संविधान दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गरि मनाईँएको छ । २०७२ को असोज ३ गते संविधान सभाले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ ।
दिवसको अवसरमा नेपालगन्जमा संबिधान कार्यन्वयनका विषयमा सरोकारवालाको भुमिकाका विषयमा आज भर्चुअल अन्तरसम्वाद कार्यक्रम गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजना मानवअधिकार सुदृढिकरण अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको कार्यक्रममा बोल्दै पुर्ब राष्टपति डा. रामबरण यादवले लोकतन्त्रको उपलब्धीको रुपमा बनेको नेपालको सबिधानले सम्पुर्ण नागरिकको हितमा रहेकाले यसलाई पुर्ण रुपमा कार्यन्वयन गर्नमा जोड दिनुभयो । लामो वर्षपछि जारी भएको सर्वमान्य सविधानले सबै कुरा समेटिएकाले सबैको हक अधिकारलाई उपभोग गर्नमा सहजता मिलेको भन्दै संविधानको पुर्ण सफलताको शुभकामना दिनुभयो । उहाँले भन्नुभयो – ‘यहाँहरुले आ आफ्नो तरिकाले संबिधानलाई विश्लेषण गर्नुहोस र त्यही अनुरुप कार्यन्वयनमा दबाब दिनुस’
कार्यक्रममा पुर्ब संविधान सभा उपाध्यक्ष तथा वर्तमान सांसद पुर्णकुमारी सुबेदीले नेपालको संविधानले सबै कुरालाई समेटिएपनि कार्यन्वयन नहुनु दुखद भएको भन्दै कार्यन्वयन गर्ने तहमा रहेकाहरुले कडा रुपमा यसको पालना गर्न गराउनमा जोड दिनुभयो । उहाँले नेपालमा थुप्रै बलिदानीपछि लोकतान्त्रिक संबिधान आएपनि जनताले अहिले त्यसको अनुभुति गर्न नपाउनु भनेको मौलिक अधिकारको हनन भएको बताउनुभयो ।
कार्यक्रममा नेपालगन्जका उपमेयर उमा थापा मगर, डुडुवा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्याय लगायत दुई दर्जन बढी विभिन्न क्षेत्रका सहभागिहरुले आ आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संविधान विद डा. भिर्माजुन आचार्यले संविधान र कार्यन्वयनको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । संस्थाका अध्यक्ष विश्वजित तिवारीले संचालन गरेको कार्यक्रममा बाँकेका विभिन्न क्षेत्रका गरि करिब ५० जना भन्दा बढीको सहभागिता रहेको थियो । दिवसका अवसरमा हिजो बर्दियामा पनि संिबधानका विषयमा अन्तरसंवाद कार्यक्रम गरिएको थियो ।











