नेपालगन्ज : कुखुराका मासु खाने पारखिहरुका लागी लोकल कुखुरा झनै महत्वपुर्ण हो । लोकल कुखुरा जति महग्गो भएपनि यसको माग बलि बढेको छ ।
बाँके, बर्दिया र कैलालीमा लोकल कुखुराको मुल्य ६ सय रहेको छ । अहिले अन्य कुखुराको मुल्यमा भारी गिरावट आएपनि गाउँमा पालिने शुद्ध लोकल कुखुराको मुल्यमा भने कमि आएको छैन । लोकल कुखुराको माग पनि दिन प्रतिदिन बढ्दो छ ।
केहि महिना अघिसम्म ५ सय रुपैया किलोमा विक्रि गरेका किसानहरुले अहिले ६ सयमा विक्रि गरिरहेका छन । ६ रुपैयामा विक्रि गर्दा पनि कुखुरा पुगाउन नसकिएको टिकापुरका धनसिंह थापाले बताए । उनले सन्चालन गर्ने होटलमा दिनहुँ लोकल कुखुराको माग नै अधिक आउने गरेको छ । लोकल कुखुराले मुल्य राम्रो पाउन थालेपछि किसानहरु कुखुरा पालनमा हौसिएका छन ।
गाउँमा अधिकाशं किसानहरुले लोकल कुखुरा पालन गर्ने गरेका छन । लोकल कुखुराको माग बढ्न थालेपछि बाँकेका कुखुरा व्यवसायि संघका अध्यक्ष लाल बहादुर खत्रिले आफ्नै घरमा लोकल चल्ला उत्पादन गर्ने गरेका छन ।
छाडेर पालन गरिने लोकल जातका कुखुरा पालन गर्दा लगानि कम लाग्ने र प्रतिफल बढि लिन सकिने भएपछि किसानहरुको आर्कषण बढेको खत्रिले बताए ।










