नरैनापुरमा प्रतिवन्धित सेतो अण्डा

नेपालगन्ज : यो बेला बाँकेका सबै सिमाहरु बन्द जस्तो अवस्थामा छन । रुपैडिहा बजारमा किनमेल गर्न रोकीएको छ ।

यता बाँके जिल्लाको नरैनापुर जो भारतसगं सिमा जोडिएको पालिका हो उक्त पालिकामा भारतमा उत्पादन हुने खाद्य सामाग्रि विना रोकतोक भित्रिरहेका छन ।

जसमध्ये कुखुराको सेतो अण्डा पनि हो । कुखुराको सेतो अण्डा भारतमा उत्पादन हुने भएकाले प्रतिवन्ध गरिएको थियो ।

अहिले नरैनापुरका अधिकाशं नास्ता तथा किराना पसलहरुमा सेतो अण्डाको खुलेयाम कारोबार भैरहेका छन । सेतो अण्डा यसरी भित्रिएर कारोबार हुदाँसम्म पनि स्थानिय प्रहरी प्रशासनले कुनै कारबाहि नगरेको पाइएको छ ।

एक पसलका सन्चालकले भने भारत हामिलाई नजिक पर्छ त्यसैले भारतमा उत्पादन हुने हरेक खाद्य बस्तु भारतबाटै किनेर ल्याउछौ । ग्राहकले पनि सेतो अण्डा नै खोज्ने गरेको ति पसले सन्चालकले बताए ।

प्रतिक्रिया