नेपालगन्जमा चल्यो सवारीसाधन चढेनन् यात्रु

नेपालगन्ज : सरकारले असोज एक बिहिवार देखी सार्वजनिक सवारीसाधन चल्न दिने घोषणा गर्‍यो, यातायात ब्यवसायी र मजदुरहरुको दबाब र उनिहरुको समस्यालाई मध्यनजर गर्दै सरकारले सार्वजनिक सवारीसाधन खोले पनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु भने अपेक्षित नभएको यातायात ब्यवसायिको गुनासो छ ।

उता लामो समयसम्म थन्किएको सवारीसाधन मर्मत सम्भार गर्नेको चटारो छदैछ भने चलेका सवारीसाधनले समेत भनेजस्तो यात्रु प्राप्त गर्न सकेको छैन , यातायात मजदुर दिनेश थापा बताउछन् ।कोरोना कहरमा रोगले भन्दा पनि भोकले मर्ने समस्या भोग्दै आएका यातायात मजदुर र यातायात ब्यवसायी सार्वजनिक यातायात संचालन गर्ने अनुमती प्राप्त गरे पनि उति खुसी हुन सकेका छैनन् ।

उता सरकारले यातायात ब्यवसायमा कोरोनाको काराणले व्यवधान आएको कारण सरकारले कर तिर्नुपर्ने समय थप गरेको छ । आइतवार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

फागुन महिनाको मासिक, माघ र फागनुको द्वैमासिक र दोस्रो चौमासिकको मूल्य अभिवृद्धि कर (भ्याट) विवरण र विवरणबमोजिमको कर दाखिला गर्ने समय ०७७ वैशाख २५ गतेसम्म बुझाउन पाउने भएको छ । तर यातायात ब्यवसायिले भने आफुहरु मारमा परेको र त्यो समयको कर मिनाह हुनुपर्छ भन्दै माग गरेका छन् ।

सरकारले करको समय थपे पनि आफुहरुको आम्दानी नहुदा कर कसरी तिर्ने ब्यवसायिलाई चिन्ता छ । यातायात ब्यवसायिले बताए । नेपालगन्जको सडकमा कार, मोटरसाइकल जस्ता निजि सवारीसाधन र अटो रिक्सा र तीन पाङ्ग्रे बिधुतिय रिक्सा राम्रै चलेपनी सार्वजनिक यातायात भने उति चलेको पाइएको छैन ।

सरकारले यातायात ब्यवसायिलाई यातायात संचालन गर्न मापदण्ड बनाएको छ । सवारीसाधनमा ५० प्रतिशत मात्रै यात्रु राख्ने , स्यानिटाइजर र मास्क र फेससिल्ड जस्ता सुरक्षा अपनाउने जस्ता मापदण्ड लगाएको छ ।

प्रतिक्रिया