नेपालगन्ज : कोरोनाका जटिल विरामिहरुलाई उपचार गर्दै आएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जमा सुलभ दरमा पिसिआर परिक्षण हुने भएको छ ।
२ हजार रुपैया प्रति टेष्ट तोकिएको अस्पतालले मोबाइल एसएमएस मार्फत २४ घण्टा भित्र रिर्पोट दिने गरि अस्पतालले पिसिआर परिक्षणको रिर्पोट प्रदान गरिने अस्पतालका सहायक निर्देशक डा.नितेश कनोडियाले बताए ।
विहान ७ बजे देखि ८ बजेसम्म र साझ ३ बजे देखि ४ बजेसम्म स्वाब संकलनको लागी समय छुट्टाइएको अस्पतालका सहायक निर्देशक कनोडियाले जानकारी दिए । नेपालगन्ज मेडिकल कलेज सगै बाँकेमा र भेरी अस्पतालमा सशुल्क पिसिआर परिक्षण हुनेछ ।












