बाँके कारागारका कैदिवन्दिको कोरोना संक्रमणबाट मृत्यु

नेपालगन्ज : कोरोना संक्रमणका कारण एक कैदिवन्दिको मृत्यु भएको छ । सुर्खेत गुर्भाकोट नगरपालिका वडा नम्बर ४ सहारेका ५८ बर्षिया पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

कर्तव्य ज्यान केशमा कैदि बन्दिका रुपमा सजाय काटिरहेका ति पुरुषलाइृ २२ गते स्वास्थ्यमा असर देखिएपछि भेरी अस्पताल नेपालगन्जमा रहेको आइसोलेसनमा भर्ना गरिएको थियो । कैदिवन्दिका रुपमा रहेका उक्त विरामिलाई देखिएको अन्य रोगहरुको समेत उपचार गर्दा कुनै सुधार नआएपछि आज विहान ६ः २५ मा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

उक्त विरामि पुरानो दम, श्वास प्रश्वासमा गम्भिर समस्या लगाएतले ग्रसित भएको अस्पतालले जनाएको छ । यो सगै बाँकेमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रतिक्रिया