नेपालगन्ज : बाँकेमा मापदण्ड पूरा नगरी चलाइएका १४ वटा सवारीसाधनहरु कारबाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी बाँके र यातायात कार्यालयको संयुक्त छडके चेकजाँचमा स्वास्थ्य मापदण्ड पूरा नगरी जान लागेको लामो दुरीका सवारीसाधनहरुलाई कारबाही गरिएको बाँके ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले बताए।
चेकजाँचका क्रममा सवारी चालकलाई कोरोना महामारीबाट बच्न अनिबार्य स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र सवारी चलाउनु पर्ने अब अन्यथा यो भन्दा ठुलो कारबाही गरिने बमले बताए। ट्राफिक प्रमुख बमका अनुसार अब सधै यात्रु बोक्ने सवारीसाधनको जाँच गरि मापदण्ड पूरा भए नभएको हेरिने भएको छ।
त्यस्तै बाँके ट्राफिकले मापसे चेक जाँच समेत गर्ने भएको छ।











