बाँकेमा ५२ जना थप कोरोना संक्रमित थपिए

बाँकेमा आज सोमबार ५२ जना थप कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार भेरीमा चेकजाँच गरेकोमा ४३, नेपालगन्ज मेडिकल कलेजमा चेक गराउने ८ जना र बागेश्वरी ल्यावबाट चेक गराउनेमा १ जना गरी कुल ५२ जना थप भएका हुन । बाँकेमा कुल संक्रमित संख्या १६५१ जना पुगेका छन ।

आजै ६ जना कोरोना निको भएर घर जादाँ १२५० जना पुगेका छन ।

प्रतिक्रिया