जुल्लामा अनसन बसेका डा.गोविन्द केसी भेरी अस्पताल नेपालगन्जमा भर्ना

नेपालगन्ज : जुम्लामा ८ दिनदेखि अनसनरत डा गोविन्द केसीलाई नेपालगन्जको भेरी अस्पतालमा भर्ना गरिएको छ । डा. केसीले माग पूरा नभएसम्म अनसन नटुंगिने अडान राख्नुभएको छ ।

जुम्लाबाट काठमाडौं जान लाग्नु भएका डा केसीले एक विज्ञप्ति जारी गरी जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर पनि अनसन जारी राख्ने बताउनुभएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा केसी त्यहाँबाट एअरपोर्टसम्म एम्वलेन्समा जानुभएको थियो । जुम्लाबाट डा केसी समिट विमानबाट आज नेपालगन्ज पुग्नुभएको छ ।

राँझा विमानस्थलबाट डा. केसीलाई अहिले भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको बाँकेका सिडिओ रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया