नेपालगन्ज : बाकेमा सबैभन्दा बढी कोरोना संक्रमित बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा रहेको जिल्ला कोभिड -१९ ब्यवस्थापन केन्द्रले जनाएको छ ।
जनस्वास्थ्य कार्यालय बाकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका आनुसार नेपालगन्ज उपमहानगरपालिकामा ७७२ जनामा कोरोना पुष्टि भएको छ, यो नै जिल्लाको सबै स्थानियतह मध्य सबैभन्दा संक्रमित देखिएको स्थानिय रहेको छ ।
त्यस्तै बाँकेमा सबैभन्दा कम कोरोना संक्रमण डुडुवा गाउँपालिकामा देखिएको छ , जहाँ हालसम्म ३६ जनामा मात्रै कोरोना पुष्टि भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका पछि कोहलपुर नगरपालिकामा धेरै कोरोना संक्रमण देखिएको छ , कोहलपुरमा हाल सम्म २ सय पोजेटिभ केस देखा परेको छ ।
त्यस्तै क्रमश बाँकेको नरैनापुरमा १ सय २२ , खजुरामा १ सय ११ , राप्तिसोनरिमा ७८, जानकिमा ६५ र बैजनाथमा ५१ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड -१९ ब्यवस्थापन केन्द्रले जनाएको छ ।
त्यस्तै जिल्लाका सरकारी कार्यालय तथा अन्य कर्यालयका कर्मचारीहरुमा समेत ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ , जस अन्तरगत २ सय १६ जना रहेका छन् ।












