खजुरामा १ सय ११ कोरोना संक्रमित (सबै स्थानियतहको तालिका)

नेपालगन्ज : बाँकेमा खजुरा गाउँपालिकामा हालसम्म १ सय ११ कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड -१९ ब्यवस्थापन केन्द्रले जारिगरेको तथ्यांक अनुसार बाँकेको आठ स्थानिय तहमध्य सबैभन्दा बढी कोरोना संक्रमण बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा रहेको छ, नेपालगन्ज उपमहानगरपालिकामा ७७२ जनामा कोरोना पुष्टि भएको छ ।

जनस्वास्थ्य कार्यालय बाकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका आनुसार बाँकेमा सबैभन्दा कम कोरोना संक्रमण डुडुवा गाउँपालिकामा देखिएको छ , जहाँ हालसम्म ३६ जनामा मात्रै कोरोना पुष्टि भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका पछि कोहलपुर नगरपालिकामा धेरै कोरोना संक्रमण देखिएको छ , कोहलपुरमा हाल सम्म २ सय पोजेटिभ केस देखा परेको छ ।

त्यस्तै क्रमश बाँकेको नरैनापुरमा १ सय २२ र खजुरामा १ सय ११ कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेमा हालसम्म १६५१ जनामा कोरोना पुष्टि भएको छ जसमध्ये ४३९ महिला र १२ दय १२ पुरुष रहेका छन् भने १२ सय ५९ जना निको भै घर फर्किसकेका छन् । बाँकेमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

प्रतिक्रिया