अपडेट : डाक्टर गोविन्द केसी भेरीको आइसोलेसनमा (फोटो)

नेपालगन्ज : नेपालगन्जको भेरी अस्पतालमा भर्ना भएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

८ दिन देखि जुम्लामा अनसन बस्नुभएका डाक्टर केसीलाई आज नेपालगन्ज ल्याइएको हो । डाक्टर केसीलाई भेरी अस्पतालको आइसोलेसन क्याविन ४ मा राखिएको छ । डाक्टर केसीको देखदेखमा जुम्ला बाटै २ जना डाक्टर पनि नेपालगन्ज आउनुभएको छ ।

उहाँहरु डाक्टर गोविन्द केसीलाई काठमाडौ पुगाएर मात्र पुन : जुम्ला फर्किनुहुनेछ । यता भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापाका अनुसार डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था नर्मल रहेको र आज एक दिन भेरीमा राखेर भोली काठमाडौ पठाइने छ ।

भेरी अस्पतालमा डाक्टर गोविन्द केसीको उपचार तथा रेखदेखमा डाक्टर निर्मल शाक्य, डाक्टर सकेत रिसाल, डाक्टर राजेस मण्डल र नर्श इश्वरी केसी खटिनुभएको भेरीका मेसु डाक्टर थापाले जानकारी दिनुभयो ।

डाक्टर गोविन्द केसीलाई अस्पताल भित्र आइसोलेसनमा राखिसकेपछि अस्पताल बाहिर डाक्टर केसीको स्वास्थ्य लाभको कामना गर्दै नेपालगन्जका नागरिक समाजले दिप प्रज्वलित गरेका थिए ।

प्रतिक्रिया