घोराही उपमहानगरपालिकाको सेवा शुरु

कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि बन्द भएको दाङको घोराही उपमहानगरपालिका कार्यालयको सेवा आजदेखि पुनः शुरु भएको छ ।

उपमहानगरपालिकाका छ कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि गत भदौ ३१ देखि यही असोज ४ गतेसम्मलाई आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको थियो ।

बन्द सबै सेवा आजदेखि सञ्चालन भएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच पुगेको छ । तीमध्ये ७९६ जना कोरोनामुक्त भइसकेका छन् ।

प्रतिक्रिया