शिखर जडिबुटी उत्पादक सहकारीको १० औं वार्षिकोत्सव सम्पन्न

नेपालगंज : क्याम्पसमा अध्ययनरत २५ जना युवाहरुको संयुक्त प्रयासमा समाज रुपान्तरण सहकारीको माध्यमबाट गर्न सकिन्छ भन्ने सोचको विकास भई २०६७ असोजा ५ गते कोहलपुरमा स्थापना भएको शिखर जडिबुटी उत्पादक सहकारी संस्था लि. ले आज आफ्नो १० औ वार्षिकोत्सव मनाएको छ |

१२५ रुपैया बैंक खातामा जम्मा गरेर आर्थिक कारोबार शुरु गरेको सहकारी अहिले करिब रु ८ करोडको कारोबार गर्न सफल भएको संस्थाका संचालक समिति उपाध्यक्ष लुना बुढाथोकीले बताउनुभयो ।

विगतमा स्थापना दिवस मनाउँदा साप्ताहिक रुपमा सातै दिन विभिन्न सामाजिक तथा जनचेतनामुलक कार्यक्रम गरि मनाईने गरेको भए पनि यो वर्ष कोरोना कहरले गर्दा एक दिन मात्रै औपचारिक कार्यक्रम गरि वार्षिकोत्सव मनाईएको बुढाथोकीले बताउनुभयो ।

चरम गरिबिमा रहेका कोहलपुर-२, बनखेतकी मिना पुन मगरको परिबारलाई रु १०,०००/- बराबरको खाध्यान्न सहयोग र रक्तदान गरि स्थापना दिवसमा मानविय कार्य गरेको संस्थाका अध्यक्ष नवराज उपाध्यायले बताउनुभयो ।

हाल २१०० सेयर सदस्य रहेको सहकारी संस्थाको कोहलपुर-११ मा करिब पौने २ करोड लगानीमा बनेको आफ्नै कार्यालय भवनमा संस्थाका संस्थापक सदस्य राम प्रसाद शर्मा, संचालक समिति , संस्थामा कार्यरत कर्मचारी र अन्य सिमित सेयर सदस्यहरुको उपस्थितिमा कार्यालय परिसरमै केक काटि शुरु भएको औपचारिक कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बुढाथोकीले गरेको सहकारी संस्थाका प्रबन्धक धनसरी रानाले बताउनुभयो ।

प्रतिक्रिया