मंगलबार सुनचाँदीको मूल्य घट्यो, हेर्नुस् तोलामा कति ?

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजार ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको मूल्य पनि आज तोलामा ९० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
 

प्रतिक्रिया