नेपालगन्ज : कोरोनामहामारीका कारण बाँकेका टांगा र घोडा खच्चरव्यवसायीहरुको पेशा नराम्ररी प्रभावितभएको छ ।गएकावर्षहरुमा काठमाडौ देखि रौतहटका इटा उद्योगसम्मपुग्ने बाँकेकाटांगा र बग्गीहरु लकडाउन भएता घरमै थन्किएका छन् ।

ईटा उद्योगहरुले टांगा व्यवसायीहरुलाई पेस्किदिने गरेकोमा यस वर्ष त्यो पनि नदिएपछि थप पिडामा छन । आम्दानी पुरै ठप्प भएकोले घरखर्च चलाउनै मुस्किलभएको टांगा व्यवसायीहरु बताउँछन् ।

बाँकेका सयौँ टांगा व्यवसायीको जस्तै नेपालगन्जका काराजाबाबु राईको टांगा सडक छेउमा थन्किएको ६ महिनाभन्दा बढी भईसक्यो । केहि दिन यता कहिले काहिँ चलाउन पाएका काराजाबाबुले टांगालाई खुवाउन पनि नसक्ने अवस्था आएको बताए ।

नेपालगन्जको परम्परागतयातायात साधन टांगा अन्य सवारीका साधनहरुको प्रवेश सँगै त्यसै पनिखुम्चिँदै गएको थियो । तैपनि सिमा खुला हुँदा नेपालगन्जदेखि रुपैडिहा सम्म जानेहरु र उताबाट आउनेहरु टांगाको प्रयोग गर्थे । लकडाउनयता सिमाखुलेको छैन । सिमाना खुलेपछि राजाबाबुको टांगापनि थन्किएको हो । राजाबाबु भन्छन्, उनको पेशामा यति लामो संकट यसअघि कहिल्यै आएको थिएन ।
रामबाबु त टांगामा मान्छे बोकेर गुजारा गर्थे । घोडा खच्चरको सहायताले बग्गीमा सामान ओसार पसार गर्ने व्यवसायीको पिडा पनि उनको जस्तै छ । बाँकेका बग्गीव्यवसायीहरु मुख्य गरी इटा उद्योगमा आश्रित थिए । बाँकेबाट काठडमाडौ, रौतहट, भैरहवा लगायतका शहरहरुमा बग्गी लिएर काममा जान्थे । वर्षा सिजनमा इटा उद्योग बन्दह्ुने भएकोले गएका वर्षहरुमा इटा उद्यागीहरुले पेस्कि रकम दिन्थे र त्यहि रकमले उनीहरुको वर्षाभरीको खर्च चल्थ्यो । उक्त रकम टांगा उनीहरुले वर्षा बाहेकका महिनामा काम गरेर मिलान गर्नुपथ्र्याे । तर, यसवर्ष इटा उद्योगीहरुले कोरोनाका कारण उद्योग चल्ने ग्यारेन्टि नभएको भन्दै पेस्कि दिन नमानेको टांगा व्यवसायी सकिल शेष बताउँछन् ।
यता बजारमा मिल्ने सामान ओसार पसारको काम पनि मिल्न छोड्यो । जसकारण उनीहरु साँझ बिहानको छाक टार्नै मुस्किल अवस्था आएको बताउँछन् ।
काम नपाईए पछि टांगा व्यवसायीहरु फुर्सदिला बनेका छन् । घोडाघच्चरहरु पनि फुर्सदिला बनेका छन् । यता परिवार पाल्न मुस्किल हुँदै छ । एकैजनासँग ३ देखि ६–७ वटासम्म घोडा खच्चर छन् । तीनलाई पाल्न झनै कठिन भइरहेको व्यवसायीहरु बताउँछन् ।कतिपयका घोडा खच्चरहरु खाना नपुगेर र रोग लागेर मर्न थालेका छन् ।
संकटका बेला आफुहरुलाई इटा उद्योगीहरुले त उनीहरुलाई बेवास्ता गरे नै । सरकारले समेत १०–१५किले चामल र एक दुई किलो दालदिएर जिम्मेवारी निभायो ।नेपालगन्जको परम्परागत सवारी साधन, सयौँ परिवारको जीपन यापन धान्नेहरुको पेशाभएका यी मजदुरहरु अब धेरै दिन परिवार चल्न नसक्ने बताईरहेका छन् ।












