नेपालगंज : बाँकेमा आज १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ , जसमध्य ४ महिला र ८ जना पुरुष रहेका छन् ।
भेरी अस्पातामा गरिएको परिक्षणमा आज १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् ।
यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ७४ पुगेको छ भने बाँकेमा ११ जना कोरोना कै कारण मृत्यु भएको छ ।
बाँकेमा दैनिकजसो कोरोना संक्रमण देखिरहेको समयमा कोरोना निको भएर घर जानेको संख्या समेत उलेख्य रहेको छ ।
आजसम्म बाँकेमा कोरोना निको भएर घर जानेको संख्या एक हजार २ सय ६४ रहेको छ । आज अमात्रै बाँकेका १४ जना कोरोना निको भइ घर फर्किएको श्रेष्ठले बताएका छन् ।












