केपी घिमिरे /नेपालगन्ज : सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बाँके शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव बिपन्न परिवारलाई खाद्यान्न वितरण गरेर मनाएको छ ।
गत वर्ष रक्तदान, सामुहिक सरसफाइ, बिरामीहरुलाई फलफुल वितरण लगायतका कार्यक्रमहरु गरेर वार्षिक उत्सव मनाउने गरिए पनि यो बर्ष कोरोना कहरका कारण अन्य कार्यक्रम गर्न नसके पनि आज सामाजिक सेवा दिवस पारेर सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले तेश्राे वार्षिकोत्सव खाद्यान्न वितरण, दिप प्रज्वलन तथा केक काटेर गरेर मनाएको हो ।
सन नेपाल लाइफ इन्स्योरेन्स नेपालगन्ज शाखाको आयोजना तथा फुड बैंक नेपालगन्जको सहकार्यमा कोरोनाका कारण घरमा साँझ-बिहान चुलो नबल्ने बाँकेको काेहलपुर-८, पिपरीका ललिता सुनारकाे परिवारलाई राहत स्वरुप खाध्यान्न वितरण गरेको सन नेपाल लाइफ इन्स्योरेन्सका बाँके शाखा प्रबन्धक कमल शाहीले बताए ।
देशभर कम्पनीका २९ शाखा तथा करिब १५० भन्दा बढि उपशाखा रहेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीमा क्षेत्रमा पनि व्यवसायिक रुपमा अग्रता लिदै आइरहेको छ ।
रु. ६०००/- राशि बराबरकाे खाध्यान्न (७५ केजी चामल, ६ केजी दाल, ५ लिटर तेल र ४ केजी नुन) वितरण कार्यक्रममा बासका निर्देशक नमस्कार शाह , एचसिआरसीका डाइरेक्टर रमेश सिटौला, माता वागेश्वरी सहकारीका प्रबन्धक अम्बिका काफ्ले, कम्पनिका उपशाखा प्रमुखहरु लगायतको सहभागीता रहेको थियो ।
साथै आजै साँझ ६ वजे कम्पनीकाे नेपालगन्ज शाखा कार्यालयमा शाखा अन्तरगतका अभिकर्ता र मार्केटिङ्ग म्यानेजरहरुकाे उपस्थितिमा दिपावली सहित केक काटेर उत्सव मनाएकाे थियाे ।









