बाँकेका कुमालहरुलाई चिन्ता थपियो

नेपालगन्ज : नेपालगन्जउपमहानगरपालिका वडा नं. २२ का २५वर्षका युवा रामु कुम्हालले घरमा माटो जम्मा गरेर राखेका छन् । माटोका भाँडा बनाएर अर्थाेपार्जन गर्ने पुख्र्याैली पेशाभएको कुमाल समुदायका यि युवाले उक्त पेशामै आफ्नो भविष्य देख्न थालेका थिए ।

तर, पुर्खाैँदेखि उनीहरुले माटो निकाल्दै आएको फुलटेक्रा तालमा स्टेडियम बन्ने भएपछि र कान्ती तालमा उपमहानगरपालिकाले तलाउ निर्माण गर्न थालेपछि उनको सपनामा तुसारापात भएको छ ।
समयसँगै फलाम र प्लाष्टिकका सामानहरुले कुम्हालेहरुले बनाउने माटाका सामानहरुको माग घटेको छ । तर, पछिल्लो समय मानिसहरुले शौखका रुपमा माटोका भाँडाको प्रयोग गर्न थालेका छन् । नेपालगन्जमा मटका चिया, मटका दहि र मटका आईसक्रिम लगायत प्रतिआकर्षण बढ्दो छ । यहि कुरालाई ध्यानमा राखेर रामुले हराउँदै जान थालेको आफ्नो पुख्र्याैली पेशामै संभावना देखेका थिए ।

यसैबिच, उनीहरुले पुस्तौँदेखि माटो निकाल्दै आएको दुइवटै तलाउ स्थानिय सरकारले आफ्नो तरिकाले उपयोग गर्न थालेको छ । यि तलाउमा धार्मिक समुदायका लागि उनीहरुको धार्मिक क्रियाकलाप गर्ने ठाउँ समेत छुट्याइएको छ । तर, कुम्हालहरुले यहिँको माटोबाट जीविकोपार्जन गर्छन् भन्ने हेक्का समेत कसैले राखिदिएन ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा रहेको फुलटेक्रा ताल र वडा नं. २२ मा रहेको कान्तीताल नेपालगन्जन भई बाँकेका अधिकांश क्षेत्रका कुम्हाल र माटो सम्बन्धि काम गर्ने समुदायको माटोको स्रोत भएको कुमाल समुदायका अगुवा विष्णुलाल कुमालले बताए । यी तालमा रहेको माटो सामान बनाउन उपयुक्त रहेको मुम्हालहरु बताउँछन् । कुमालमात्रै नभई नेपालगन्जमा मुस्लिम समुदायका कसगरहरुले पनि माटोकै सामान बनाएर जिविको पार्जन गर्ने गर्छन् । उनीहरुको माटोको स्रोत पनि यीनै तलाउ थिए ।

तर, यी परम्परागत सिपयुक्त समुदायलाई वेवास्ता गरेर उपमहानगरपालिकाले संरचना बनाउन थालेको छ । अरु समुदायलाई जग्गा छुट्याउँदा आफुहरुलाई वास्ता नै नगरिएको उनीहरु बताउँछन् ।नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमाथापामगर जग्गा बाँडफँड गर्दा कुम्हाल समुदायको बारेमा कसैले कुरै नउठाएकोले उनीहरु छुटेको बताईन । तर वडा नं. २२ लाई पनि केहि जमिन छुट्याइएकोले वडाले कुमालहरुका लागि ठाउँ उपलब्ध गराउन सक्ने विकल्प बाँकी रहेको उनको भनाई छ ।

कुमालहरुको सिप उपमहानगरको पनि सम्पत्ति हो । उनीहरुको पेशा चल्ने स्रोतमा संरचना बनाउँदा विकल्प पनि खोजिनुपर्ने स्थानियहरुको भनाई छ ।

प्रतिक्रिया