बर्दिया : कोरोना संक्रमण भएर भेरी अस्पतालमा उपचार गराइरहेका एक वडाध्यक्षको मृत्यु भएको छ । बर्दिया बारबर्दिया नगरपालिका वडा नं ३ का वडाध्यक्ष कमल थारुको मृत्यु भएको हो ।
३९ बर्षिया वडाध्यक्ष थारुको पिसिआर चेक जाच गर्दा पोजेटिभ आएको बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । मृतक थारुको दुबै तिरको फोक्सोमा समस्या देखिएको अस्पताल श्रोतले जनाइएको छ ।
उनको शब ब्यबस्थापनका लागि बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी र बारबर्दिया नगरपालिकाका संग समन्वय भैरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जनाए । थारु जनयुद्धका बेला कमाण्डर थिए ।
साथै तत्कालीन नेकपा माओवादी केन्द्र बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।










