आइसोलेसन सेवामा आफै खटिन्छन् इन्द्रेणी होटलका संचालक

नेपालगन्ज : नेपालगन्जमा पछिल्ला दिनमा बसाई सहज होस भन्ने हेतुले कोरोना संक्रमण भएकाहरुलाई होटल आइसोलेसनमा बस्न अनुमति दिइयो ।

स्वास्थ्य कार्यालयले केहि होटलहरुसंग समन्वय गरेर संक्रमितहरुलाई बस्न दिइने गरि व्यवस्थापन गरेको हो । होटल आइसोलेसनमा बस्न चाहनेहरुले आफै पैसा तिर्ने गरि व्यवस्थापन गरिएको हो । नेपालगन्जमा होटल आइसोलेसन संचालन गर्न पाउने जिम्मेवारी न्युरोडमा रहेको होटल इन्द्रेणीले पनि पायो ।

आफ्नो जिम्मेवारीलाई पुरा गर्न होटलले भरपुर प्रयास गरिरहेको छ । होटलका संचालक धनश्याम थापा आफै कोरोना संक्रमित पाहुनाहरुको हेरविचारमा खटिरहेका छन । संक्रमितहरुको शुरक्षालाई विशेष ध्यान दिदै आएका होटल संचालक थापा आफ्ना कर्मचारीको सुरक्षाको पनि विशेष ख्याल राख्दै आएका छन ।

कोरोना संक्रमितहरुसगं मिठो बोलेर दिन सकिने सेवाहरुलाई तुरुन्तै व्यवस्थापन गर्न अग्रसर देखिन्छन । होटल संचालक थापाले पैसा कमाउनु मात्रै ठुलो कुरा नभएको भन्दै संक्रमितको हौसला बुलन्द गराउन तर्फ विशेष ध्यान दिएका छन ।

होटल आइसोलेसनमा बसिरहेका एक संक्रमितले भने कोठाको सरसफाई, खाना, खाजाको राम्रो व्यवस्थापन गरेकोले बस्न सहज भएको बताए । होटल भएपनि पारिवारीक बतावरण भएको उनले बताए । होटलमा रहेका ३४ कोठा मध्ये २५ वटा कोरोना संक्रमितको लागि छुट्याएका छन ।

जसमध्ये ५ वटा ननएसी र २० वटा एसीसहितको सुविधायुक्त कोठामा कोरोना संक्रमण भएकाहरु बसिरहेका छन । ननएसी कोठाको १५ सय र एसी जडित कोठाको २५ सयदेखि ३ हजार सम्म शुल्क लिने गरिएको होटल संचालक थापाले बताए ।

कोरोना संक्रमितहरुका लागि विहान ग्रिनटि देखि खाजा खाना सहितको उक्त मुल्य लिने गरिएको संचालक थापाले जनाए । ७ जना कर्मचारी सहित घनश्याम आफु स्वयम कोरोना संक्रमितको सेवामा खटिएका छन ।

सरकारलाई सहयोग पुगोस भनेर आफुले आफ्नो होटलमा संक्रमितहरुलाई राख्न राजि भएको बताउने संचालक थापाले संक्रमितको सेवाको लागि सधै लागिरहने बताए । कोरोना संक्रमित भनेर कुनैपनि सेवामा कन्जुसाई नगरिएको होटल संचालक थापाको भनाई छ ।

प्रतिक्रिया