स्वास्थ्य शाखा प्रमुख चन्दले जिते कोरोना

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द कोरोना जितेर डिस्चार्ज भएका छन । भदौ २५ गते कोरोना संक्रमण भएपछि आईसोलेशनमा बसेका चन्दले पूर्णरुपमा निको भई आफु डिस्चार्ज भएको जानकारी दिए ।

बिहिवार चन्द सहित १९ जना डिस्चार्ज भएका हुन । चन्दलाई उप–महानगरपालिकाका कर्मचारी,स्वास्थ्यकर्मी लगायतले कोरोनामुक्त भएकोमा बधाईज्ञापन गरेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु श्याम चौधरी, तेज वली र राजन शाहीलाई कोरोना संक्रमण भएको छ । तिनैजना सुरुवातदेखि नै कोरोना रोकथाम र नियन्त्रणमा अग्रभागमा रहेर खटिदै आएका थिए । 

प्रतिक्रिया