नेपालगन्ज : बाँके र बर्दियामा कुखुराको अण्डामा नयाँ मुल्य कायम गरिएको छ ।
नेपाल अण्डा उत्पादक सघं केन्द्रिय कार्यालय चितवनमा बसेको बैठकको निर्णय अनुसार बजारमा अण्डाको माग बढेको हुनाले नयाँ मुल्य सहित कारोबार गरिने भएको हो । आज ८ गते विहिबार देखि नै लागु हुने गरी अण्डाको नयाँ मुल्यमा विक्रिहुने भएको हो ।
बाँके बर्दिया अण्डा उत्पादक सघंका उपाध्यक्ष मेघनाथ लम्सालका अनुसार ठुलो अण्डा प्रति पेटि २३ सय रुपैया र मिडियम अण्डा प्रति पेटि २२ सय रुपैया विक्रि गर्ने गरी कायम गरिएको हो ।
यस अघि भन्दा हाल अण्डाको मुल्य प्रति पेटीमा दुई सय बढेको हो ।










