नेपालगन्ज : बाँकेको खजुरामा इन्टरलक इट्टा उद्योग संचालनमा ल्याइएको छ । सिमेन्ट र कच्चापदार्थ बाट बनेको उक्त इट्टाको माग बढ्दै गएपछि खजुरामा पनि उद्योग संचालनमा ल्याइएको हो ।
खजुराको सन्तकुटिमा रहेको धवलागिरी प्रोडक्सन हाउसले स्थानिय स्थरमै गुणस्तरीय इन्टरलक इट्टा उत्पादन गरि विक्रि वितरण सुरु गरेको संचालक विकास काउचाले जानकारी दिए ।
दिनमा १ हजार बढि उत्पादन गर्दै आएको प्रोडक्सन हाउसले दुई किसिमको इट्टा उत्पादन गर्दै आएको छ ।
एक इट्टाको ४० देखि ४५ रुपैया सम्म विक्रि गर्दै आएको संचालक काउचाले बताए । कुनै पनि घर, कम्पनि तथा बाउन्डरी बनाउन लाग्ने खर्चमा धेरै बचत गर्न सकिने काउचाले बताए ।
२० लाखमा सम्पन्न हुने काममा १५ लाखमै सम्पन्न हुने सकिने उनको भनाई छ । घर बनाउने सिजन आइरहेकाले इट्टाको उत्पादनलाई थप बढाउन लागीएको संचालक विकास काउचाले जनाए ।










