एकलैनिका ५२ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

नेपालगन्ज : बाँके नेपालगन्जका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपालगन्ज उप महानगरपालिका वडा नम्बर ३ बस्ने ५२ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण उपचारका क्रममा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । यो सगै बाँकेमा कोरोना संक्रमण देखिएर मृत्यु हुनेको संख्या १२ पुगेको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिए ।

६ गते मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । कोरोना भाइरसको आशंखा लागेर स्वाव परिक्षण गर्दा ७ गते कोरोना पुष्टी भएको थियो । नेपालगन्ज एकलैनिका उक्त पुरुषको उपचारको लागी रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गरिएपनि कुनै सुधार नआएपछि आज राति २ बजेर २५ मिनेटमा मृत्यु भएको थियो ।

विरामिको दुवैतिरको फोक्सोमा निमोनिया, उच्च रक्तचापको समस्या सगै कोरोना पोजेटिभ रहेको अस्पताल श्रोतले जनाएको छ ।

प्रतिक्रिया