मृत्यु (प्रस्तावक) दाबी भुक्तानी कार्यक्रम सम्पन्न

नेपालगंज : बर्दिया सन नेपाल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेड नेपालगंज शाखाले बर्दियाकाे मधुबन न.पा.-८, सानाेश्री तारातालमा मृत्यु दाबी भुक्तानी बापत ९० हजार रुपैयाकाे चेक एक कार्यक्रमका बिच पिडित परिवारलाई हस्तान्तरण गरेकाे छ ।

प्रतिकुल समयका बावजुद नेपालगंज शाखाका प्रबन्धक कमल शाही , मधुवन-८ का वडाध्यक्ष बिजय कुमार राना, समाजसेवी तथा बुद्धिजिबी बिजय कुमार शाह, मृतकका बुबा रबिन्द्र बाेहरा, नेपालगंज शाखा अन्तरगतका उपशाखा प्रमुखहरु, मार्केटिङ्ग म्यानेजरहरु ऋषिराम भण्डारी, छबिलाल लम्साल, कृण्णा बडुवाल, लक्ष्मी थापा भण्डारी लगाएत उपस्थित स्थानियहरुका बिच वडाअध्यक्ष र अन्य आदरणिय व्यक्तित्वहरुले संयुक्तरुपमा मृतक पत्नि गिता बाेहरा र बिमित तथा मृतक छाेरी गाेमा बाेहरालाई चेक हस्तान्तरण गरिएकाे हो ।

गुलरिया उपशाखा प्रमुख बजारु थारुकाे अध्यक्षता रहेकाे उक्त अनाैपचारिक कार्यक्रममा प्रमुख वक्ता तथा वडाध्यक्ष रानाले कम्पनीले याे कार्यक्रम गरेर पिडितकाे घाउमा मल्हम लगाएकाे बताए साथै समाजमा बीमा कम्पनी प्रति रहेकाे नकरात्मक धारणालाई चिर्न सफल भएकाे बताएकाे कार्यक्रम संचालक तथा नेपालगंज शाखा प्रबन्धक कमल शाहीले बताए ।

मृतक तर्क बहादुर बाेहराले २०७६ श्रावण ३१ गते कम्पनीकाे बानेश्वर शाखाबाट रु. पाँच लाखकाे आफु प्रस्तावक रहि छाेरी गाेमा बाेहराकाे नाममा बाल समृद्ध सावधिक जीवन बीमा गर्नुभएकाे थियाे ।

२०७६ फाल्गुण १ गते माेटरसाईकल दुर्घटनामा पर्नुभएका प्रस्तावक बाेहरा नेपालगंज मेडिकल कलेज, नेपालगंजमा लामाे उपचार पश्चात सफल उपचार नभई २०७६ चैत्र २६ गते ३६ वर्षकाे उमेरमा निधन भएकाे थियाे ।

चेक रकम रु. ९० हजार मध्य किरिया खर्च बापत ५० हजार र मासिक पढाइ खर्च बापत प्रति महिना १० का दरले चार महिनाकाे एकमुष्ट ४० गरि जम्मा ९० रहेकाे शाखा प्रबन्धक शाहीले बताए । अब देखि प्रत्येक अंग्रेजी महिनाकाे १ गते बिमित गाेमा बाेहरालाई १५ वर्षकाे उमेर सम्म मासिक खर्च बापत १० हजार रुपैयाँ चेक मार्फत भुक्तानी गरिने कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया