अभिनेता नवाजुद्दिनविरुद्ध आफ्नै पत्नीले दिइन् यस्तो उजुरी

बलिउडका नवाजुद्दिन सिद्दिकीविरुद्ध ब’लात्कार र ठगीको उजुरी परेको छ । उनलाई उनकै पत्नीले प्रहरी कार्यालयमा यस्तो उजुरी हालेकी हुन् । नवाजुद्दिन र आलियाबीच केही समययता राम्रो सम्बन्ध छैन । उनीहरू लामो समयदेखि अलग बस्दै आएका छन् ।

नवाजुद्दिनविरुद्ध उनकी श्रीमती आलिया सिद्दिकीले बुधबार मुम्बईको वर्सोवा पुलिस स्टेसनमा उजुरी दर्ता गरेकी हुन् ।

आफूलाई पति नवाजुद्दिनले इच्छाविपरित ब’लात्कार गर्दै आएको र उनले आफूमाथि आर्थिक र मानसिक दुवै प्रकारको ठगी गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् ।

प्रहरीले बुधबार दिउँसो आलियाको उजुरी दर्ता गराउँदै उजुरीमाथि कारबाही चाँडै गर्ने आश्वासन दिएको छ ।

आलियाले गएको हप्ता अर्को एक उजुरीको शिलशिलामा उत्तर प्रदेशको मुजफ्फरनगरस्थित बुढाना पुलिस स्टेशनमा आफ्नो बयान दिएकी थिइन् ।

उक्त उजुरी उनले नवाजुद्दीन र उनको परिवारका चार सदस्यविरुद्ध दिएकी थिइन् । त्यस्तै, उनले पिंकविलासँगको एक अन्तर्वार्तामा आफूलाई नवाजुद्दीनले विवाहको समयदेखि नै मानसिक तनाव दिने गरेको बताएकी छन् ।

आफू सन २००३ देखि नै नवाजुद्दिनसँग बस्दै आएको तर १५ वर्षसम्म पनि आफूलाई निरन्तर शारीरिक र मानसिक या’तना दिने कार्य नरोकेपछि घरमा आएर बस्नुपरेको उनले बताएकी छन् ।

नवाजुद्दिनकी प्रेमिका भएको र प्रेमिकाको मिलोमतोमा आफूमाथि यस्तो गरिएको पत्नी आलियाको आरोप छ ।

प्रतिक्रिया