बाँकेको खजुरामा भत्केको चालिस बर्ष बित्दा पनि बनेन पुल

रामु ओली :

बाँके :भत्केको चालिस बर्षमा पनि बनेन पुल

पुल भत्किएको चार दशक बितिसक्दा पनि पुल बनेन भनेको सुन्दा अपत्यारिलो भएपनि धौलागिरी र बि गाउँका बासिन्दाको लागि यो यथार्थ हो ।

२०२६-२७ साल तिर बाँकेको खजुरा क्षेत्रमा पुनर्वास कम्पनीले निर्माण गरेको खजुराको बि गाउँ र धौलागिरी जोड्ने इतिहास बोकेको पुल चार दशक देखि जिर्ण छ ।

बाँके खजुरा गाउँपालिका वडा नम्बर तीनमा पर्ने उक्त पुल २०२७ साल तिर निर्माण गरिएको थियो । पुल निर्माणको करिब दश बर्ष पछि उक्त पुल बाढिले भत्काइदिएको थियो । ६२-६३ साल सम्म पैदल यात्री तथा साइकल यात्री हिड्ने बाटो तथा पुल अहिले भने खण्डहर बनेको छ ।

देश पन्चायती ब्यवस्था , प्रजातान्त्रिक ब्यवस्था हुँदै गणतान्त्रिक राज्यब्यवस्था सम्म आइपुग्दा पुल भत्किएको चार दशक बित्यो, त्यो चार दशकमा कयौं सरकार परिवर्तन भए तर बि गाउँ धौलागिरी जोड्ने उक्त पुल भने कुनैपनि सरकारको योजनामा परेन ।

तत्कालीन पुनर्वास कम्पनीले निर्माण गरेको उक्त पुल तत्कालीन समयमा बि गाउँ ,ए गाउँ , एल गाउँ, गौघाट हुँदै बर्दियालाई खजुरा र नेपालगन्जसम्म जोड्ने एकमात्र पुलको रुपमा रहेको स्थानिय लक्ष्मण बुढामगर बताउछन् । उनी अहिले पनि सम्झन्छन् , – यो बाटो सिंह म्यानेजर बनाएको हो, ५० बर्ष जति भयो क्या बाटो बनेको , पछि बाढी आएर भत्कियो त्यसपछि कसैले बनाएनन’

बि गाउँ धौलागिरी जोड्ने ४० बर्ष अघि भत्केको  पुल अझै बनेन

उनले बाटो र पुल फेरि नबन्नुमा गाउँमा गतिलो नेता नभएको बताउछन् । पुल नजिकैको आफ्नो खेतबारीमा काम गर्दै गरेका मगरलाई अहिले भने बाटो र पुल भन्दा पनि गाउँका युवाहरुले त्यही खंडहर र जंगल जस्तै बनेको पुल छेउछाउमा आफ्नो ड्रग खाने अड्डा बनाएकोमा चिन्ता छ ।

बुढामगर जस्तै आदर्श उच्च-माध्यमिक बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष नर बहादुर खड्कालाई पनि बिद्यार्थी तथा गाउँका युवाहरू खंडहर र घना जंगल जस्तै बनेको पुल कुलतको अड्डा बनेकोमा चिन्ता छ । नजिकै स्कुल छ । स्कुलका विद्यार्थीहरु लुक्ने र खराब कार्यमा सहभागी हुने सम्भावना धेरै रहेको बताउने खड्काले पुल निर्माणको लागी जनप्रतिनिधिलाई बारम्बार घचघचाएको बताउछन् ।

‘नजिकै विद्यालय छ ,पुल नबन्दा विद्यार्थीलाई आवतजावतमा समस्या त छदैछ तर कुलतमा फस्ने डर पनि छ किनकी यो घना जंगल जस्तै बनेको छ र यहाँ ड्रग खानेहरुको अखडाको रुपमा बिकसित बनेको हामिले सुनेका पनि छौँ , त्यसैले मैले हाम्रा जनप्रतिनिधिलाई बारम्बार झकझकाएको छु । उहाँहरुले योजनामा पार्छु भनेर आश्वासन मात्र दिएका छन् , -अध्यक्ष समेत रहेका धौलागिरीका स्थानिय खड्काले बताए ।

खंडहर बनेको पुल र पुलको दुबै तर्फ लगभग एक किलोमिटर बाटोको क्षेत्रफल हाल घना जङ्गलको रुपमा परिणत बनेको छ । पैदलयात्री समेत हिड्न नमिल्ने गरि खर , बयर जस्ता झाडि विकसित भएकोले सजिलै त्यस क्षेत्र कुलतमा लागेका युवाहरू छिप्ने अखडाको लागी उपयुक्त स्थान बनेको स्थानियको धारणा छ ।

नेताहरू भोट माग्दा पुल बनाउने भनेर बाचा गरेपनि पुल बनाउन कसैले चासो नदेखाएको बताउछन् बुढामगर ,- ‘नेताहरूलाई जताजता पाएक पर्यो उतै उतै बाटो बनाए तर यो पुरानो इतिहास बोकेको बाटो र पुलमा कसैको ध्यान गएन’

बाँके :भत्केको चालिस बर्षमा पनि बनेन पुल

धौलागिरीका स्थानीय बासिन्दा चन्द्रकला मगरलाई पनि उक्त पुल र बाटो बनोस् भन्ने लाग्छ । पुल नभएकै कारण दुर्घटना भएका र मृत्यु सम्म भएका घटना पनि सम्झिन्छिन मगर ,-

‘भोट माग्ने बेला पुल बनाउछु भन्छन् तर खै आज सम्म पुल बनेन , पुल बनेको भए त कति सजिलो हुन्थ्यो नि , त्यो पुल नभएर खोला तर्दा मान्छे पनि मरेका छन् , अहिले त हिड्न पनि सकिदैन घना जङ्गल बनेको छ’

चार दशक बित्यो पुल बनेन , त्यसबाट पर्ने असुबिधा आफैमा एउटा समस्या हो । तर खंडहर बनेको पुल र जङ्गल बनेको सडक लागुपदार्थ दुर्ब्यसनिको अखडा बन्दा स्थानिय झनै चिन्तित बनेका छन् । यतिका बर्ष चुपचाप खजुरा बि गाउँ र धौलागिरीका बासिन्दा पुल बन्ला र बि गाउँ – धौलागिरीको चार दशक अगाडि बिच्छेद भएको सडग सम्बन्ध सुध्रियला भन्ने आशामा छन् ।

नेपालगन्ज -खजुरा र खजुरा – गुलरिया सडकको बिकास नहुदै बर्दिया-गौघाट र गौघाट- बि गाउँ हुँदै धौलागिरी र नेपालगन्जलाई जोड्ने उक्त पुल मुख्य बाटोको रुपमा बिकसित थियो । कपास बिकास समितिको मुख्य कार्यालय खजुरामै रहेको हुँदा उत्पादित कपासको लागि कपासका ट्याक्टर तथा लडियाहरुको लागि एकमात्र मुख्यबाटोको रुपमा रहेको उक्त बाटो त्यो समयमै इट्टाले पिच गरिएको थियो । जसको अवशेष अहिले पनि देख्न सकिन्छ ।

बि गाउँ धौलागिरी जोड्ने ४० बर्ष अघि भत्केको  पुल अझै बनेन

पाँच दशक पहिलेको इतिहास बोकेको सडग खण्ड र पुल खजुरा बि गाउँमा पालिकाको कार्यालय रहने भएपछि झनै महत्त्वपूर्ण बन्दै गएको छ , खजुरा एक नमबर तथा धौलागिरीका बासिन्दाका लागी गाउँपालिका कार्यालय सम्म पुग्न सबैभन्दा छोटो दुरिको यात्राका लागी उक्त पुल उपयुक्त हुनेछ ।

त्यस्तै उक्त पुल निर्माण गर्न सके जनता उच्च माबी , ज्ञानोदय पब्लिक क्याम्पस तथा आदर्श उच्च माबिका लागि बिद्यार्थी आवतजावतमा समेत सहजता हुने थियो ।

हेर्नुस् भिडियोमा :

प्रतिक्रिया