कहिले खुल्छ बागेश्वरी मन्दिर ?

नेपालगन्ज : बागेश्वरी मन्दिर नेपालगञ्जमा रहेको एक प्रशिद्ध मन्दिर हो। बाँके जिल्लाको नेपालगञ्जमा अवस्थित यस मन्दिर रहेको स्थानमा सतिदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ।

यस स्थानमा सर्वप्रथम किन्नरगणहरूले पूजा आराधना गरेको मानिन्छ। एउटा ठूलो तलाउको किनारामा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको हो। देशमा लागेको लकडाउन पछि बन्द भएको मन्दिर अहिले सबैतिर खुकुलो हुदाँसम्म पनि बन्द नै छ ।

बागेश्वरी मन्दिरमा दर्शन गर्न जानेहरुपनि बाहिर बाट हेरेर फर्कने गरेका छन । मन्दिर भित्र गएर माताको पुजा गर्न मन छ तर कहिले खुल्ने हो थाहा छैन खजुरा सि गाउँका गुन्जन घर्तिले भनिन । विभिन्न चाड पर्वहरुमा भिडभाड रहने बागेश्वरी मन्दिर अहिले सुनसान जस्तै छ ।

भित्र गएर पुजा आर्चना गर्न नपाइनेभएपछि भक्तजनहरुपनि मन्दिर आउन छाडेका छन । हिन्दु नेपालीहरुको महान पर्व विजया दशमी नजिकिदै छ । नौरथा लागेपछि मन्दिरमा पुजा गर्नेहरुको भिडभाड हुन्छ नै ।

तर, सबै क्षेत्रहरु खुला गरिसकेपछि मन्दिर मात्र नखोल्दा भक्तजनहरु दुखि भएका छन । स्थानिय सरकारले पहल गरेर बागेश्वरी मन्दिर खोल्नु पर्ने भक्तजनहरुले माग गरेका छन ।

प्रतिक्रिया