विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको खोप प्रयोगमा आउनुअघि नै विश्वभर २० लाख भन्दा बढी मानिसको मृत्यु भइसक्ने चेतावनी दिएको छ ।
विश्वभर विभिन्न प्रकारको खोपको परीक्षण भइरहेका बेला डब्लुएचओले यस्तो चेतावनी दिएको हो । अमेरिका, बेलायत लगायतका मुलुहकहरुले कोरोनाविरुद्धको खोप तयार पारेर परीक्षण गरिरहेको बताएपनि डब्लुएचओले थप परीक्षण आवश्यक रहेको भन्दै सर्वसाधारणले प्रयोग गर्ने अनुमति दिएको छैन ।
डब्लुएचओका आपतकालीन प्रमुख डा माइक रायनले कोरोना महामारीविरुद्ध विश्वले सामुहिक प्रतिवद्धता जनाएर अघि नबढेसम्म नियन्त्रणमा नआउनेसमेत बताए ।
गत वर्ष चीनबाट सुरु भएको कोरोना महामारीका कारण विश्वभर करिब १० लाख मानिसको मृत्यु भइसकेको छ । कोरोनाका कारण विश्वभर तीन करोड २७ भन्दा बढी संक्रमित भएका छन् । संक्रमण बढ्ने दर अझै नियन्त्रणमा नआएकाले खोपको उपलब्धता अघि नै अझै मानविय क्षति हुने डब्लुएचओले अनुमान गरेको हो ।











