नेपालगन्ज : बाँकेको आठ स्थानिय तह र जिल्लामा रहेका सरकारी तथा अन्य कार्यालयमा काम गर्नेहरु समेत गरेर बाँकेमा हालसम्म १७ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमणको दर जस्तै बाँकेमा कोरोना संक्रमणबाट निको भएर घर जानेको दर समेत बढी नै छ ।
आजको दिनसम्म जिल्लामा १४ सय ११ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । आजमात्रै बाँकेका ५० जना निको भएर डिस्चार्ज भएर घर फर्किएका छन् ।
जिल्लामा रहेको आठ स्थानिय तह अनुसार सबैभन्दा धेरै कोरोना संक्रमण नेपालगन्ज उपमहानगरपालिकामा देखिएको छ , जहाँ (असोज ९ गतेसम्म ) ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बाँकेको सबैभन्दा कम संक्रमण डुडुवा गाउँपालिमामा देखा परेको छ , जहाँ ३६ जनामा मात्रै कोरोना पुष्टि भएको छ ।
हेर्नुस् बाँकेको आठ स्थानिय तहमा कोरोना संक्रमणको आकडा












