नेपालगन्ज : लोक तथा दोहोरी गित संगितमा छुट्टै पहिचान बनाउन सफल सर्जक हुन कृष्ण रेउले । कलाकार रेउले गित लेख्न, संगित भर्न र गाउनमा निपुर्ण मानिन्छन । गाउँघरमा गाइने भाकाहरुलाई टपक्कै टिपेर त्यसमा नयाँपन दिदै अहिलेको जमाना अनुसारका संगित भरेर सुन्न लायक बनाउन खप्पिस मानिन्छन कलाकार सर्जक रेउले ।
उनै कलाकार रेउलेको शव्द, संगित र स्वर रहेको मार्मिक गित ‘आमा बाँचे भने आउँला’ सार्वजनिक भएको छ । विदेशिएका युवाहरुका कथा समेटिएको उक्त गितमा दशैसम्म बाँचे भने आउँला टिका जमरा नि लाउला भन्दै भाबुक बनाउने शव्द रहेका छन ।
गाउँको एक आर्थिक अवस्था कमजोर भएको परिवारको छोरो केहि कमाउन विदेशमा जाँदा पाएको दुख र परिवारको चिन्तालाई गित र भिडियोमा उतार्न खोजिएको छ । गितमा दशैसंगै तिहारलाई पनि समेटिएको छ । नेपाल कस्ले बनाउला भन्ने चिन्ता गितमा गरिएको छ । परदेशमा हुदाँ खेतबारी बाझो राख्न परेको पिडालाई पनि चर्चित गायक तथा सर्जक रेउलेले उतार्ने प्रयास गरेका छन ।

परदेशमा मरिन्छ कि भन्ने डर अभिनयमा जिवन्त उतारेका छन । अन्तिममा चिठि लेख्दै गर्दा आफ्नो प्राण पनि त्यागेका छन । गितले बास्तविक परदेशिहरुको कथा बोलेको छ । देवेन्द्र बव्लुको कथा निर्देशन रहेको भिडियोलाई विपि फिल्मस नेपालले निर्माण गरेको छ भने बिन्दाबासिनी म्यजिक प्रलिले बजारमा ल्याएको छ ।
गितलाई बिन्दाबासिनी म्यजिक प्रालिको युटुव च्यानलमा हेर्न सकिने छ ।









