नेपालगन्ज : किसानले लगाएको अधिकाश धान पाकिसकेको छ । विगत ५ वर्ष यता धानको उत्पादन पनि यो वर्ष धेरै भएको किसानहरु बताउछन ।
धान पाक्न लागेसगै किसानहरु खेतबारीमा व्यस्त हुन थालेका छन । धान पाकिसकेकाले धान समयमै काट्नपर्ने हुन्छ । बाँकेका किसानहरुलाई धान काटेर भित्राउन भने समस्या भइदिएको छ । धान काट्न खेतमा पानि सुक्न पर्दछ तर, दिनहु परिरहेको पानिका कारण फलेको धान पनि किसानले काट्न पाएका छैनन ।
पानि पर्दा पाकेका धान खेतमा ढलेका छन । पानि खेतमा भएकाले धान ढल्दा धान काट्न नपाउदै बारीमै उमन लागेको कम्दीका गोपि यादवले गुनासो गरे । यादवले आफुले लगाएको २ दुई विगाह क्षेत्रफलको धान कटान गर्न नपाएको दुखेसो पोखे । छिटो पाक्ने धान खुरीन लागिसकेकाले बेलैमा धित्राउन नसक्ने हो भने किसानलाई ठुलो नोक्सानि हुने खजुरा गाउँपालिकाका अगुवा किसान लाल बहादुर खत्रिले बताए ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार पानि खेतमा जमिरहे केहि नोक्सानी बेहोर्न पर्ने हुन्छ । ज्ञान केन्द्रका प्रमुख ढकालले पानि पर्न रोकिए केहि दिनमा धान कटान गर्न किसानलाई सुझाव दिए।











