कृषि प्राविधिक सापकोटा केरा खेती तर्फ आकर्षित

नेपालगन्ज : बर्दिया जिल्लाको गुलरिया नगरपालिका ७ कृष्णसारटाेलमा सापकोटा दम्पतीले २ बिघा जग्गा भाडामा लिएर केरा खेती सुरु गरेका छन ।

श्रीमान प्रेम सापकोटा र श्रीमति टिका बि क दुबै जना कृषि प्राबिधिक हुनुहुन्छ ।

दुबै जना नै कृषि प्राबिधिक भएपछी आफैले केहि गर्नु पर्छ भन्ने भावना र कृषिमै राम्रो आम्दानी गर्न सकिने भएपछि सापकोटा दम्पतीले जि-९ जातको केराको करिब १५ सय बिरुवा रोपेका छन् ।

उनीहरुले जि ९ केराको बिरुवा रोएको ५ महिना भयो, यो केरा १२ महिनामा पसाउन शुरु गर्छ र १८ महिनामा उत्पादित केरा बिक्री गर्न लाएक हुन्छ।

कृषि ब्यवसाय अझ विशेषगरी केरा खेती गर्न सजिलो र कम लागतमा शुरूवात गर्न सकिने भएकाले नै आफुहरुले केराखेती तर्फ लागेको र अब आगामी बर्षमा अझै बृहत रुपमा केरा खेती गर्ने योजनामा रहेको सापकोटाले बताउनु भयो।

प्रतिक्रिया