नेपालगन्ज :

नेपालगन्जमा दन्त चिकित्सकहरुको कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
नेपाल डेन्टल एसोसियसन बाँके शाखाको आयोजनामा भएको दुई दिने कार्यशाला गोष्ठीमा प्रदेश नम्बर ५, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश लगाएत काठमाडौ सम्मका ६० जना दन्त चिकित्सकहरुको सहभागिता रहेको थियो ।
गोष्ठिमा आधुनिक प्रविधिद्धारा जरा सम्मै उपचार गर्ने र दात नभएकोलाई राख्ने बारेमा चिकित्सकहरुलाई सहजिकरण गरिएको नेपाल डेन्टल एसोसियसन बाँके शाखाका अध्यक्ष डाक्टर भावना न्यौपाने पन्तले जानकारी दिइन ।
दुई दिने गाष्ठिमा दन्त तथा औषधिका स्टलहरुको समेत प्रर्दशनि गरिएको थियो । गोष्ठिको सहजिकरण डाक्टर वैभव गुप्ता, डाक्टरमनोज हुमागाई र डाक्टर गालव अधिकारीले गरेका थिए ।

गोष्ठिमा नेपालगन्ज उप महानगरपालिकाका उप प्रमुख उमा थापामगर, भेरी प्रार्देशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुपानन्द अधिकारी, जन स्वास्थ प्रमुख अंगद बहादुर शाही, नेपालगन्ज मेडिकल कलेजका निर्देशक डाक्टर सुरेश कनौडिया, वरिष्ट हार्ड जोर्नि विशेषज्ञ डाक्टर विनोद थापा लगाएतले गोष्ठीको सफलताको शुभकामना दिएका थिए ।










