नेपालगन्ज : भेरि अस्पताल नेपालगन्ज पिसिआर ल्याबका कर्मचारी प्रचण्ड गौतम कोरोना मुक्त भएका छन् ।
चौध दिन भेरि अस्पतालको आइसोलेसनमा बसेका गौतम आज कोरोना मुक्त भइ डिस्चार्ज भएका हुन् । भेरी अस्पताल नेपालगंजमा पिसिआर परिक्षणमा रातदिन खटिएका गौतम आफै कोरोनाको सिकार भएका हुन् ।
कोरोना संक्रमण बाट मुक्त भए संगै उनि पुन काममा फर्किने जनाएका छन् | धेरैजसो कर्मचारी कोरोना संक्रमित भएका छन् त्यसैले ल्याबमा कर्मचारीको अभाव छ भेरीको कोरोना परिक्षणको काममा सहजताको लागि तुरुन्तै काममा फर्किन्छु उनले बताए |
प्रचण्ड कोरोना कहरका बेला दिन रात नभनी खटियर अग्र पन्थिमा रहेर काम गर्ने कर्मचारी हुन ।











