विजुलीका पोल नहटाई पिच गरेको सडकमा ६ महिनापछि सुधार आउँदै

खगेन्द्र दाहाल, नेपालगन्ज : नेपालगन्ज बेलासपुर देखि खजुरा रोड निस्कने बाटोमा निर्माण गरिएको पिचमा विजुलिको पोल नहटाई बनाएको ६ महिना पछि पोल हटाइएको छ ।

दुर्घटना निम्ताउने गरी विजुलिका पोलहरु नहटाई सडक पिच गरिएको स्थानको विषयमा नागरिक समाज डटकमले केहि दिन अघि समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशन भएपछि शहरी विकास तथा भवन निर्माण विभाग सघिंय आयोजना कार्यानयन इकाई बाँकेले आफनो ध्यान केन्द्रित गर्दे एक हप्तामा पोलहरु हटाउने मौखिक प्रतिबद्धता जनाएको थियो । तर, लगतै लकडाउन भएपछि हटाइनुपर्ने पोल हटाउन नपाइएको आयोजना कार्यानयन इकाईले जनाएको छ ।

अहिलेको अवस्था

शहरी विकास तथा भवन निर्माण विभाग सघिंय आयोजना कार्यानयन इकाई बाँके मार्फत आशिस कुमार श्रेष्ठ जेभि निर्माण कम्पनिले निर्माण गरेको पिचमा पोल विचमा हुदाँ केहि दुर्घटना समेत भइसकेको छ । कार्यालयका प्रमुख गणेस कर्माचार्यले उक्त बाटोमा भएको त्रुर्टि प्रति कार्यालयको गभ्भिर ध्यानाकार्षण भएको बताएका थिए । यस्तो बताएको ६ महिना पछि मात्र विजुलिको पोल हटाउने कार्य भइरहेको छ ।

समाचार अनलाइनमा आएपछि कार्यालयले पनि ६ महिना अघि नै गरिसकेको थियो । अनुगमनमा इन्जिनियर सुदिप झा, साइड इन्चार्ज बसन्ता बुढाथोकी लगाएतको टोलि आएका थिए ।

पहिले

प्रतिक्रिया