लागु औ’षध दुर्व्यसन बिरुद्द बाँके प्रहरी

नेपालगन्ज : बाँकेमा लागु औ’षध दुर्व्यसन निस्तेज महाअभियान सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. चारबाट आज एक कार्यक्रमबीच महाअभियानको सुरुवात भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना, नेपालगन्ज उमपहानगरपालिकाका विभिन्न वडाहरुको सहकार्य र वडा प्रहरी कार्यालयको समन्वयमा यो अभियान सुरु भएको हो ।महाअभियानको सुभारम्भ गर्दै बाँकेका एसपी ओम रानाले लागु पदार्थको दुर्व्यसन ठूलो चुनौतिकारुपमा रहेको उल्लेख गर्नुभयो ।

उहाँले बालबालिकालाई लागु औ’षध दुर्व्यसनबाट जोगाउन सकसपुर्ण भएको भन्दै अभिभावकहरुलाई निगरानी गर्न सुझाव दिनुभयो । बाँकेमा अपराधमा ८० प्रतिशत लागु औषध कारोवारी, दुर्व्यसननीकर्ता नै रहेको जानकारी समेत दिनुभयो ।

चोरी, डाँका, लुटपाट, झैझगडामा अधिकांश लागु औषध प्रयोगकर्ताहरु नै देखिएको एसपी रानाको भनाइ छ । उहाँले प्रहरी एक्लैले मात्र सबै अपराध न्यूनिकरण गर्न नसक्ने भएकाले समुदायको सहयोग जरुरी रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै वडाअध्यक्ष सफिक बेहनाले आफ्नै वडाबाट महाअभियानको सुभारम्भ गरेकोमा प्रहरीलाई धन्यवाद दिनुभयो ।

उहाँले लागु औ’षध नियन्त्रण र रोकथामका लागि वडा कार्यालयले भरमजदुर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफ्नो बालबालिकालाई पर्याप्त समय दिन अभिभावकहरुलाई आग्रह गर्नुभयो । छोराछोरी माथि निगरानी र हेरचाह बढाउन पनि उहाँको सुझाव छ । प्रहरीले यो अभियान जिल्लाभरी नै सन्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया