खजुरामा ब्याडमिन्टन हल निर्माणका लागी सक्रिय बन्दै खजुरा ब्याडमिन्टन क्लब

खजुरा :

खजुरामा ब्याडमिन्टन हल निर्माणका लागी सक्रिय बन्दै क्लव खजुरा

बाँकेको खजुरामा ब्याडमिन्टन हल निर्माण गर्न ब्याडमिन्टन क्लब खजुराले आज नियमित बैठक बस्दै क्लवका पदाधिकारीहरुलाई विभिन्न जिम्मेवारी दिएको छ ।

खजुरालाई खेल क्षेत्रमा अघि बढाउन कल्वले आज एक भेलाको आयोजना गरि वृहतरुपमा छलफल गरेको क्लवका सचिव लक्ष्मण कार्कीले जानकारी दिए ।

आज भएको नियमित बैठक तथा भेलामा आमन्त्रित प्रमुख राष्ट्रिय ब्याटमिन्टन प्रशिक्षक सुदिप योन्जनले खजुरामा ब्याडमिन्टन हल निर्माण हुनु भनेको बाँके तथा बर्दिया क्षेत्रका खेलाडीका लागी गौरवको कुरा हुने बताए ।

राष्ट्रिय प्रशिक्षक योन्जनले खजुरामा बन्ने ब्याडमिन्टन हल निर्माणका लागी आर्थिक सगै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । केन्द्रिय कोषाध्यक्ष अनोज बस्नेतले ब्याडमिन्टन हल निर्माणका लागी सबैसगं सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए ।

उनले केन्द्रिय समितिले गर्न पर्ने सहयोग गर्ने जनाए । क्लवले ब्याडमिन्टन हल निर्माण गर्न खजुराको क गाउँमा रहेको स्कुलको जग्गा उपलव्धको लागी पहल गरिरहेको जनाएको छ ।

क्लवका अध्यक्ष भक्त बहादुर गोदारले नियमित बैठकमै क्लवलाई २१ ह्जार १ सय प्रदान गरेका थिए ।

क्लवले आजै पत्रकार खगेन्द्र दाहाललाई प्रेस सल्लाकारका रुपमा नियुक्त गरेको क्वलका सचिव लक्ष्मण कार्कीले जानकारी दिए ।

प्रतिक्रिया